नुवाकोटमा बसको छतबाट खसेर एक युवतीको मृत्यु
काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका-१ डाँडाखर्कमा शुक्रबार बसको छतबाट खसेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २१ वर्षीया सुसिका तामाङ रहेकी जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
नुवाकोटबाट काठमाडौँ आउँदै गरेको बा २ ख ४९८१ नम्बरको बसको छतमा बसेर यात्रा गरिरहेको अवस्थामा आज बिहान पौने ९ बजे अचानक खसेर सोही बसको चक्काले किच्दा तामाङको घटनास्थलमै मृत्यु भएको हो।
बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी कुमरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























