विजयनगर 

कपिलवस्तुको विजयनगरमा चुनावी सरगर्मी बढेको छ । यसै क्रममा जसपाले चुनावी अभियानलाई तिब्रता दिएको छ । विहिवार वडा न. ३ मा मतदाताको घरमा पुगे जसपा अध्यक्ष जानकी प्रसाद यादवलाई विजयनगरमा नयाँ नेतृत्वको आवश्यकता रहेकोे जसका लागि तपाई नै योग्य रहेको बताए ।

विजयनगर जनताको समस्यामा कुनै परिवर्तन नभएको विकास भेदभावपूर्ण ढंगले भएको,नागरिकले दुख पिडा सहदै आएकोले अब यो अवस्था आउन नदिन योजना अनुसार लाग्नु हामी सबै विजयनगरबासीको साथ सहयोग रहनेछ स्थानीय नागरिकहरुले यादवलाई विस्वास दिलाएका छन् ।

यादवले प्रचारप्रसारलाई निरंतरता दिदै घोषणापत्र अनुसार काम गर्ने प्रतिबद्धता गरिरहेका छन् । यादव स्वच्छ,सरल,ईमानदार र जनताको लोकप्रिय नेताभएकोले साथै उहाँ संगै विजयनगरबासी लगाएत उम्मेदवारमा रहेका प्रभावशाली व्यक्तिहरु उपाध्यक्ष,वडा अध्यक्ष र सदस्यहरुको साथर सहयोग रहेकोेले चुनावमा बाजी मार्ने प्रबल सम्भावना रहेको बताइन्छ ।