जनताको हितमा काम गर्ने एमाले हो, अब रुख पार्टीका जमाना गए
कपिलवस्तु–नेकपा एमालेले शिवराज नगरपालिका वडा नम्बर २ हल्लानगरमा टोल कमिटी गठन गरेको छ । संगठन बिस्तार र सुदृढीकरणको अभियानलाई तीब्र पार्दै एमाले शिवराजले टोल कमिटी गठन गरेको हो । नव गठित टोल कमिटीको अध्यक्षमा हिकुमारी मिदुन, उपाध्यक्ष देबिराम अर्याल, सचिव प्रताप पुन, उप सचीव गृष्मा तामाङ्ग, बलमान बुढासहित २५ सदस्यीय टोल कमिटी सर्बसम्मत गठन गरिएको हो ।
कायक्रमलाई सम्बोधन गर्दै एमाले जिल्ला कमिटी सदस्य तथा शिवराज नगरपालिका उप–प्रमुख शिव कुमारी चौधरीले आफ्नो नाम जोडेर लाल पुर्जा वितरण रोकेको भनेर प्रचार गर्नु गलत भएको बताउँदै एमाले भनेको जनताको हितमा काम गर्ने पार्टी भएको र आफ्नै सक्रियतामा शिवराजका विभिन्न ठाउँमा थुप्रैलाई लालपुर्जा वितरण गरिएको बताउनुभयो । जनताले एमालेलाई जिताएर पठाएपछि विकासले फड्को मारेको र भोलिका दिनमा पनि नगरको विकासमा आफु लागि पर्ने चौधरीले बताउनुभयो ।
यस्तै नगर कमिटी अध्यक्ष जगत पौडेलले अबको दिनमा रुख पार्टीका जमाना गएको बताउँदै जनतामा एमालेप्रतिको विश्वास बढेर गएको बताउनुभयो । एमाले भनेको बिनास गर्ने पार्टी नभएर देश बनाउने र सुखी बनाउने र सुखी नेपालीको नारालाई साकार पार्ने पार्टी भएको उहाँले उल्लेख गर्नुभयो । शिवराजको विकासका गर्न लागि एमाले जित्नुपर्ने अध्यक्ष पौडेलले बताउनुभयो ।
यस्तै शिवराज नगर कमिटी उपाध्यक्ष महादेव पोख्रेलले सबै एक भएर चुनावी अभियानमा लाग्न आग्रह गर्दै कुनै हालतमा पनि शिवराजमा एमालेले जित्नु पर्ने बताउनुभयो । हिजोका दिनमा बोलेका वाचाहरु र जनताका सपनाहरु पुरा गर्न पनि एमालेकै सरकार बन्नुपर्ने पोख्रेलको भनाई छ ।
शिवराज २ हल्लानगरका एमाले नेता हरी प्रसाद सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























