विजयनगरमा १ दिने नि:शुल्क दन्त शिविर सम्पन्न
विजयनगर
विजयनगरमा १ दिने नि:शुल्क दन्त शिविर सम्पन्न भएको छ ।
बहुजन शक्ति पार्टीको आयोजना, अरवी हसन को आर्थिक सहयोग,निदान डेन्टल क्लिनिकको प्राबिधिक सहयोग र रेडियो विजयनगरको समन्वयमा १ दिने १ दिने नि:शुल्क दन्त शिविर विजयनगर -४ जगदीशपुरमा सम्पन्न भएको छ । दन्त शिविर बाट १ सय १० जनाले सेवा लिएका को बहुजन शक्ति पार्टी वडा कमिटी अध्यक्ष अरवी हसनले जानकारी दिनुभएको छ । शिविरमा चेकजाँच गराएकाहरुलाई नि:शुल्क औषधी वितरण, दात फाल्ने, परामर्श सेवा प्रदान गरिएको डाक्टर बन्धना यादवले जानकारी दिनुभयो ।
शिविरको समापन कार्यक्रमलाई सम्बोधन गर्दै बहुजन शक्ति पार्टी केन्द्रिय सदस्य गौरीशंकर हरिजनले नागरिक स्वास्थ्य महत्त्वपूर्ण भएकोले अगामी दिनमा यस्ता शिविरलाई निरन्तरता दिने बताउनु भयो ।शिविरको समापन कार्यक्रममा बहुजन शक्ति पार्टी लुम्बिनी प्रदेश अध्यक्ष एहसान अहमद खा, जिल्ला,पालिका स्तरका नेता कार्यकर्ताहरु समेत सहभागी भएका थिए । शिविर विहान ९ बजे देखि ५ बजे सम्म संचालन भएको थियोे ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























