रामघाट धाममा ४० लाख बढी लागतमा रामजानकी मन्दिर निर्माण
कपिलवस्तु-कपिलवस्तु नगरपालिका वडा नम्बर ३ रामघाट धाममा ४० लाख बढी लागतमा रामजानकी मन्दिर निर्माण गरिएको छ । नगरपालिको आर्थिक सहयोगमा धार्मिक स्थल रामघाटको मेला लाग्ने बैगैचा क्षेत्रमा मन्दिर निर्माण सहीत राम, लक्ष्मण, सिता, गणेश र हनुमानको मुर्ति स्थापना गरी प्राण प्रतिस्ठान समेत गरिएको हो । मन्दिर ३ चरणमा निर्माण गरिएको हो । मेयर किरण सिंहले मन्दिर परिसरमा पुजापाठ गरी मन्दिरको उदघाटन पछि मुर्तिको अनावरण गरेका थिए ।
सो अवसरमा उनले आफनो कार्यकालमा प्राचिन रामघाटमा रामजाकी मन्दिर निर्माण गर्न पाएकोमा आफुलाई निकै खुशी लागेको बताए । ‘ साधु सन्तको माग अनुसार नै रामघाटमा सुन्दर मन्दिर बनाएका हौ ’ उनले भने । पुरानो रामजानकी मन्दिरको दक्षिण पट्टी किनार मै नया रामजानकी मन्दिर निर्माण गरिएको हो । पुराना रामजानकी मन्दिरमा रहेको अस्ट धातु सहीत रामजनकीको मुर्ति सहीत बिभिन्न मुर्तिहरु समेत नया मन्दिरमा सारिएका छ ।
रामजानकी मन्दिर ब्यवस्थापन समितिका सदस्य कमलेश शुक्लाले नया रामजानकी मन्दिर निर्माणले यो धार्मिक स्थलको महत्व अझ बढने बताए । उनले रामघाटको रामजनकी मन्दिरको सुन्दरीकरण र विकासमा नगरपालिकाले अझै लगानी गर्नु पर्ने बताए । रामघाटमा कार्तिक शुक्ल पुर्णिमाका दिन ठुलो मेला लाग्ने गर्दछ । नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले रामजानकी मन्दिरको निर्मणमाले प्राचिन रामघाटको महिमा अझै बढने बताए ।
उनले रामघाटको विकासकालागि आफुले सक्दो कोशिश गर्ने बताए । यस अघि नगरपालिकाले नै रामघाट पुल छेउ दतिवनिया बावाका कुटी निर १७ लाख बढी लातको हनुमानको मुर्ति र होम गर्ने स्थानको निर्माण गरी सकेको छ । कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष दिरेप चौधरी, वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्मा, १२ का अध्यष रामगोपाल यादव लगायतको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























