बुद्धभुमीका ६० जना राप्रपामा प्रवेश
कपिलवस्तु– कपिलवस्तु बुद्धभुमी नगरपालिकाको मुख्य ब्यापारीक नगरी गोरुसिङ्गेमा अन्य पार्टी परित्याग गरि ६० जना राप्रपामा प्रवेश गरेका छन ।
राप्रपाको नीति सिद्धान्त राम्रो रहेकोले राप्रपा प्रवेश गरेको नव प्रवेशीहरुलाई स्वागत गरेको राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले बताउनु भयो ।
सो कार्यक्रममाको प्रमुख अतिथी राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय, विशिष्ट अतिथि धार्मिक अभियान्ता अभिषेक जोशी र केन्द्रीय सदस्य धुर्ब रायमाझी र प्रदेश सचिब राजन अधिकारी,जिल्ला अध्यक्ष नारायण बहादुर सिंह लगायतको उपस्थिति रहेको लुम्बिनी प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























