रहेनन् डा. रुद्र प्रताप शाह : राजनितिज्ञ शाहको पार्थीव शरिसमा सभझदारीमा झण्डा ओढाइएन
कपिलवस्तु २ बैशाख । कपिलवस्तुको प्रजातान्त्रिक आन्दोलनमा ठुलो क्षति भएको छ । लामो समय नेपाली कांग्रेसको राजनीतिमा योगदान गरेका नेता डा. रुद्र प्रताप शाहको निधनले यस्तो भएको हो । उहा पछिल्लो समय ८४ वर्षको उमेरमा आफूले कँंग्रेस त्यागेको भन्दै आफ्नै निवासमा एमालेका नेतावाट एमालेको प्रबेस पत्र लिनु भएको थियो । उहाको केहिदिन यता आइसियूमा राखेर उपचार भई रहेकोमा हिजो निधन भएको हो । पूर्ब प्रधानमन्त्री केपि ओली कपिलवस्तु आउने सभामा आतिथ्यता ग्रहण गर्न आउने प्रतिवद्धता जनाएका डा शाह विरामी भएपछि अस्पतनलमा भना हुनु भएको थियो उहाकै प्रेरणमा नाती कुनाल प्रताप शाह केहिदिन अघि एमालेमा प्रबेश गर्नु भएको हो ।
स्वर्गिय शाहको पार्थीव शरिमा अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस र एमालेका केन्द्रिय नेता हरु पुगेका थिए । उहा लामो समय कांग्रेसमा रहेको र पछिल्लो समय एमालेमा प्रबेश गरेकाले कुन पार्टीले झण्डा ओढाउने भन्ने अन्योलता देखिएको थियो । एमाले र कांग्रेसका नेताहरु झण्डा ओढाउन पुगेपछि दाहसस्कारमा कसैको पनि झण्डा ओढाइएन उच्च राजनैतिक सस्कार देखाउदै झण्डा ओढाउने हानथाप नगरिएको एमालेका जिलला अध्यक्ष डम्मरशर्माले वताउनु भयो । उहाले राजनीति लामे समय कांग्रेसमा गर्नु भयो । केहि दिन अघि एमाले प्रबेश गर्नु भयो । दुबै तर्फवाट झण्डा ओढाउने तयारी देखिएकोले समझदारीमा कसैले पनि ओढाइन उहाले भन्नु भयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























