बाणगंगामा जारी विद्यालयको वार्षिक परीक्षाको प्रश्नपत्रमा गम्भिर त्रुटी फेला
कपिलवस्तुको बाणगंगा नगरपालिकाले लिएको विद्यालय स्तरको आधारभूत तहमा जारी वार्षिक परीक्षामा प्रयोग भएको प्रश्नपत्रमा गम्भिर त्रुटी भेटिएका छन् ।
कक्षा १ देखि ७ सम्मका प्रश्नपत्र नगर स्तरिय शिक्षा समितिले तयार गरेको हो भने कक्षा ८ कोप्रश्न पत्र बाणगंगा नगरपालिकाले तयार गरेको हो ।चैत्र २८ गते देखि नगपालिका भित्रका सामुदायिक विद्यालयहरुमा यस वर्षको वार्षिक परीक्षा संचालन भइ रहेको छ । तर नगर स्तरीय परीक्षा समितिले तयार गरेको भनिएको सो प्रश्नपत्रका प्राय सबै जसो विषयमा प्रश्नहरु नै त्रुटी पूर्ण भेटिएका छन् ।
मंगलबार र बुधबार लिइएका परीक्षाहरुमा कक्षा तीन, चार र पाँचका अधिकाशं प्रश्नपत्रका प्रश्नहरु कतै अशुद्ध त कतै प्रश्न नै गलत भेटिएका छन् । बालवालिकाहरु नै अन्यौलमा पार्ने गरी तयार पारिएका यस्ता प्रश्नपत्रहरुको गुणस्तरले बाणगंगाको शैक्षिक गुणस्तरमा समेत असर गर्ने शिक्षा सम्बद्ध व्यक्तिहरुको तर्क छ । यता नगर स्तरीय परिक्षा समितिका संयोजक जगन्नाथ मरासिनीले भने प्रश्नपत्रमा भएका गम्भीर त्रुटीहरुको बचाउ हुने गरी आफ्नो प्रतिक्रिया दिएका छन् ।
उनले प्रश्न पत्रमा देखिएको गल्तिलाई सामान्य भन्दै यस्ता साना तिना बिषयका वारेमा समाचार वनाउनु कुनै तुक नहुने र मिडियाले बाघ मारे जस्तो गर्नु नहुने वताउदै आफना कम्जोरीलाई लुकाउदै आफु संयोजक भए पनि अरु विद्यालयले प्रश्न पत्र तयार गरेको भन्दै तर्कन खोज्दैे देखिएका त्रुटीहरुलाई सम्बन्धित विद्यालयहरुले पनि आफै सच्चाउन सक्ने र आफु आफ्नो जिम्मेवारीबाट पन्छिने प्रतिक्रिया दिएका छन् । उनी हाल बाणगंगा ११ स्थित सूर्योदय मा.वि.का प्रधानाध्यापक समेत हुन । यता विद्यालयमा हाल सम्म दुई वटा विषयका परीक्षा सकिएका छन् । अन्य विषयका प्रश्न पत्र समेत तयार भई सम्बन्धित विद्यलायमा पुगीसकेको अवस्थ छ । परीक्षा समितिको गैर जिम्मेवारी पूर्ण काम गराइले बाणगंगाका हजारौँ विद्यार्थीहरु परीक्षामा समेत गलत प्रश्नपत्रको सामना गर्न बाध्य बनेका तथ्य बाहिर आएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























