महाराजगंज नगरपालिकाले गर्यो ११ संस्थालाई सम्मान
कपिलवस्तु –कपिलवस्तुको महराजगंज नगरपालिकाले नगरको विकासमा योगदान दिएको भन्दै बिभिन्न क्षेत्रका ११ संस्थालाई सम्मानित गरेको छ । नगरपालिकाले पत्रकार महासंघ, कालिका सामाजिक विकास केन्द्र,माहुरी होम सुआहारा दोश्रो, आइएनएफ, फेयरमेड, नगरमा रहेको २ बैक लगायतलाई सम्मानित गरेको हो ।
मेयर अब्दुल कलाम र प्रमुख प्रशाकीय अधिकृत रबिन्द्र चौधरीले दोसल्ला ओढाई सम्मान पत्र र मायाको चिनो प्रदान गरी संसथाालई सम्मान गरेका थिए । सो अवसरमा मेयर कलामले महाराजगंजको सामाजिक, आर्थिक, शैक्षिक स्वास्थ्य लागतयका क्षेत्रको विकासमा संस्थाहरुले गरेका विकासको कदर गर्दै आफुहरुले ती संस्थालाई सम्मानित गरेको बताए ।
‘ सबैको अथक प्रयासले पछि परेको महाराजगंजमा अहिले भने विकासको केही भए पनि अनुभति भएको छ ’ उनले भने । ५ बर्ष अघि आफुले गरेको प्रतिबद्धता अनुसार ९० प्रतिशत बढी काम गरेको उनले दाबी गरे । नगरलाई किचडमुक्त बनाउने, ६ वटा बर्थिङ सेन्टर स्थापना, १५ बेडको अस्पतालको निर्माण कार्य सूरुवात भएको उनले बताए ।
दोश्रो कार्यकाल पनि मेयरमा उठन चाहेका उनले आफुलाई जनताले मौका दिए अधुरो रहेको कामहरु पुरा गर्ने उनले बताए । कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत चौधरीले नगरमा अहिले जनताले बिवकासको अनुभति गरेको बताए । उनले यो विकासको गति अब नरोकिने बताए ।
नगरपालिकाले यस अघि पुर्व शिक्षक, कर्मचारी, महिला स्वयमसेविका, निर्वाचित जनप्रतिनि लगायतलाई समेत सम्मानित गरी सकेको छ । प्रुमख प्रशाकीय अधिकृत चौधरीको अध्यक्षता र बृजेश यादवको संचालनमा भएको कार्यक्रममा ग्लोवल आईएमई बैक महराजगंजका ब्यवस्थापक कमल पौडल र आइएनएफकी मीना महतो, नगरपालिका प्रशासन फाटका प्रमुख निरंजन पौडेलले शुभकामना मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























