लुम्बिनीमा सत्ता गठबन्धनले संयुक्त चुनावी अभियान चलाउने
बुटवल- लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धनले संयुक्त चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् ।
सोमबार बुटवलमा बसेको गठबन्धनको बैठकले पाँच दलीय गठबन्धन मजबुद बनाउने सहमति जनाउँदै गठबन्धनका सबै दलको प्रतिनिधित्व रहने गरी प्रचार संयन्त्र गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै संयुक्त स्थलगत अनुगमन कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
कार्यदलमा नेपाली कांग्रेसका राजु खनाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुमकान्त न्यौपाने, नेकपा एकीकृत समाजवादीका अशोक कोइराला, जनता समाजवादी पार्टीका अशोकुमार यादव र राष्ट्रिय जनमोर्चा बोमबहादुर खत्री रहेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























