कपिलवस्तुका शिवराज नगरपालिका गाउँ गाउँ नेकपा माओवादी केन्द्र प्रशिक्षण कार्यक्रम गरिरहेको छ । पार्टीका एजेण्डाहरुलाई जनतामाझ लैजानको लागि माओवादी केन्द्र सकृय रुपमा लागि परेको छ । सोमवार नेकपा माओवादी केन्द्र शिवराज नगरपालिका वडा ५ वडा समितिको आयोजनामा राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडाको रहटकोलमा आयोजना भएको उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले माओवादी केन्द्रको कारण देशमा आमुल परिर्वतन भएको दावि गरेका थिए । कार्यक्रममा प्रदेश कमिटि सदस्य सुकई थारुले निर्वाचनमा माओवादी केन्द्रलाई जिताउन सबैलाई आग्रह गर्नुभयो । माओवादीकै कारणले अहिले व्यवस्था लागु भएकोले र अब स्थानीय निकायमा पनि माओवादीलाई जिताउन सकेमा थप समद्धको वाटोमा मुलुक लाग्ने बताउनुभयो ।

प्रदेश सदस्य उमा विकले लामो संघर्ष गरेर ल्याएको व्यवास्थालाई कसैले चाहादैमा नमासिने बताउनुभयो । केहि तत्वहरुले अहिले व्यवास्थालाई निस्तेज पार्न लागि परेको भन्दै तीनमा सपना पुरा नहुने बताउनुभयो । नगर अध्यक्ष दिनेश पुनले आगामी स्थानीय तहको निर्वाचनमा अत्याधिक स्थानमा जित हासिल गर्नुपर्ने भएकोले सबै लागि पर्न आग्रह गर्नुभयो । निर्वाचनमा माओवादीले जित हासिल गर्न नसकेमा मुलुक दुर्घटना पर्न सक्ने भएकोले सचेत हुनुपर्ने जिकिर गर्नुभयो । कार्यक्रममा बोल्दै नेता लाल बहादुर नेपालीले माओवादीले जितेका पालिकाहरुका भुमिहिन हरुले लालपुर्जा पाएको र अन्य पालिकाहरुमा वितरण गर्न नसकेको बताउनुभयो । वडा कमिटि अध्यक्ष शिसिर पोख्रेलको अध्यक्ष तथा नगर सचिव भरत पोख्रेलको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।

कपिलवस्तुकापिलवस्तुका शिवराज नगरपालिका गाउँ गाउँ नेकपा माओवादी केन्द्र प्रशिक्षण कार्यक्रम गरिरहेको छ । पार्टीका एजेण्डाहरुलाई जनतामाझ लैजानको लागि माओवादी केन्द्र सकृय रुपमा लागि परेको छ । सोमवार नेकपा माओवादी केन्द्र शिवराज नगरपालिका वडा ५ वडा समितिको आयोजनामा राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडाको रहटकोलमा आयोजना भएको उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले माओवादी केन्द्रको कारण देशमा आमुल परिर्वतन भएको दावि गरेका थिए । कार्यक्रममा प्रदेश कमिटि सदस्य सुकई थारुले निर्वाचनमा माओवादी केन्द्रलाई जिताउन सबैलाई आग्रह गर्नुभयो । माओवादीकै कारणले अहिले व्यवस्था लागु भएकोले र अब स्थानीय निकायमा पनि माओवादीलाई जिताउन सकेमा थप समद्धको वाटोमा मुलुक लाग्ने बताउनुभयो ।