कपिलवस्तु – जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ औं वार्षिक उत्सव आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । संस्थाको चन्द्रौटा शाखाले उत्सवको अवसरमा कपिलवस्तुको शिवराज स्थित चनई स्वास्थ्य चौकिलाई तिन थान कुर्सि र डस्विन हस्तान्त्रण गरेको छ ।
संस्थाका शाखा व्यवस्थापक अनिस श्रेष्ठले एक कार्यक्रमका विच स्वास्थ चौकिका अध्यक्ष टेकलाल सापकोटा र स्वास्थ्य चौकि अहेव मिना जि सिलाई स्वास्थ्य सेवा प्रदायकका लागि उक्त सामाग्रि हस्तान्त्रण गर्नु भएको हो ।

कार्यक्रममा स्वास्य चौकिका अध्यक्ष टेकलाल सापकोटाले समाजलाई जारु क्तागराउने कार्यमा वित्तीय संस्थाले पनि हात उठाएकोमा धन्यवाद दिदै उक्त सामग्रिले स्वास्थ्य क्षेत्रमा सबल र निसुल्क सेवामा सहज हुने बताउनुभयो । लघुवित्त वित्तीयहरुले जनतामा सर्व सुलभ रुपमा कार्य गर्न विभिन्न क्षेत्रमा यस्तै खालका प्याकेज ल्याउन आग्रह पनि गर्नुभयो ।

अस्पतामा सेवा दिन आउने सेवा ग्राहिरुको लागि बसाई व्यबस्थापनमा केहि हदसम्म भए पनि सहज बनोस भन्दै उक्त सामग्रि हस्तान्त्रण गरेको बताउनु भयो । त्यस्तै स्वास्थ्य चौकिको फोहोर व्यवस्थापनको लागि पनि सहज हुने विश्वास लिइएको छ ।

यस क्षेत्ररमा रहेर उक्त सस्थाले वित्तीय सेवाको पहुँचबाट बञ्चित रहेका विपन्न समाजमा पछाडि परेका समुदायमा वित्तीय सेवा पु¥याई समुदायमा रहेको सिप र परम्परागत पेशालाई लक्षित गरी लगानी प्रवद्र्धन गर्दै आएको बताउनु भयो । शिवराजमा ४ करोड ५० हजार बराबरबरको लगानि गरेको उक्त सस्थामा ८५० जना सदस्य छन । उक्त कार्यक्रममा कार्यक्रममा स्वास्थ्य चौकिका सदस्य प्रेम कला पौडेल, स्वास्थ्य चौकिका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।