प्रेस सेन्टर कपिलवस्तु : ‘एक पालिका एक पत्रकार’
कपिलवस्तु : प्रेस सेन्टर नेपाल कपिलवस्तुको बैठकले एक पालिका एक पत्रकारलाई जिम्मा दिने निर्णय गरेको छ ।चन्द्रौटामा बसेको बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर एक पालिका एक पत्रकारलाई जिम्मा प्रदान गरेको हो । जसमा कपिलवस्तुका १० वटै पालिकालाई लक्षित गरेर एक एक जना पत्रकारले त्यहाँको पार्टी सँग सहकार्य गरेर काम गर्ने जिम्मा दिइएको अध्यक्ष अर्जुन बेल्वासेले बताउनुभयो ।
जिल्लाको वाणंगंगा नगरपालिकामा पीताम्बर घिमिरे,मायादेवी गाउँपालिकामा भूपाल थापा,शुद्धोदन गाउँपालिकामा राजेन्द्र खनाल,यशोधरा गाउँपालिकामा अजय शाहनी,कपिलवस्तु नगरपालिकामा विक्रम विक र रचना खासु मगरलाई जिम्मा दिइएको छ । त्यस्तै महाजगंज नगरपालिकामा माधव बेल्वासे,बुद्धभुमि नगरपालिकामा कल्याणी खनेल,शिवराज नगरपालिकामा सूर्य गुरुङ,बिजयनगर गाउँपालिका प्रभात न्यौपाने र बलवन्द गुप्ता र कृष्णनगर नगरपालिकामा अनेक पाण्डे र सहबाज खानलाई जिम्मेवारी तोकिएको सचिव माधव बेल्वासेले बताउनुभयो ।
आगामी निर्वाचनमा पार्टीलाई जिताउन प्रचार प्रसारमा कुनै कसर वाकी नराख्न केन्द्रीय सदस्य डिलाराम भुसालले आग्रह गनर््ुुभयो । पार्टी सँग सहकार्य गरि निर्वाचन केन्द्रित कार्यक्रम तथा एजेण्डालाई जनतामाझ लैजानुपर्ने बताउनुभयो । त्यस्तै बैठकले निर्वाचनमा गठबन्धन सङ्गठनका नेतृत्व सँग छलफल गर्ने निर्णय गरेको छ । बैठकले रिक्त रहेको सदस्य पदमा तीन जनालाई मनोनीत समेत गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























