विजयनगरमा न्युन आथिर्क अवस्था भएका बालवालिका लाई QR कार्ड वितरण
विजयनगर। पोषण तथा शिक्षा सुधारका लागि COVID 19 बाट प्रभावित र न्युन आथिर्क अवस्था भएका समुदायका बालबालिकालाइ नगद प्रदान गरिएको छ । कोभिड १९ बाट प्रभावित भएका र न्यून आय भएका परिवारका इसिडी देखि कक्षा ३ सम्म अध्यनरत बिजयनगर गाउँपालिकाका विधार्थीहरु लाई नगद प्रदान गरिएको हो ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले ७५६ घरधुरीका बालिकबालिकलाइ ७ हजार ७ सय ५० रुपैयाको बैक QR कोड भएको कार्ड दिनु भएको हो । कोभिड प्रभावित बालबालिकाको परिवारलाइ प्रदान गरिएको QR कोड कुमारि बैंक चन्द्रौटा , NIC Asia बैंक चन्द्रौटा, जस्मिन रेमिट्यान्स चन्द्रौटा र ओम रेमिट्यान्स चन्द्रौटा मा नगद लिन सकिने अध्यक्ष थापाले बताउनु भयो ।
त्यसै कार्यक्रम सम्बोधन गर्दै गोपाल बहादुर थापाले यो सानो सहयोग रकमले प्रभावित परिवार बालबालिकालाई केही भए पनि राहत प्राप्त हुने बताउनु भयो । बालबालिकाले प्राप्त गरेको रकम उनिहरुको पोसण आहारमा खर्च गर्नु पर्ने उहाले बताउनु भयो ।
प्रयाप्त पौस्टिक आहार नपाउदा बालबालिकालाई कुपोषण हुने र उनिहरु शारीरिक मानसिक बिकास नहुने हुदा बालबालिकाको पुर्ण बिकासका लागि रकम खर्चिनु पर्ने गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बताउनु भयो ।
त्यसै कार्यक्रम बोल्दै वडा नं ३ का वडा अध्यक्ष बुद्धिराम अर्याल साना बालबालिकाको बौद्धिक बिकासका लागि पोसिलो आहारा अनिवार्य भएकाले परिवारले बालबालिकाले प्राप्त गरेको रकम उनिहरुको लागि नै खर्च गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा दाया शंकर यादव , मुनिजर हसन, राधिका के शि, दयाराम शर्मा
कार्यपालिका सदस्य मुर्तजा बढई लगाएतको आथित्यतारहेको थियो भने कार्यक्रमको सन्चालन शिक्षा शाखा प्रमुख हरिहर बेल्वासेले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























