अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क-२ बेलबाटिका नजिकै बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

प्युठानमा रहेकाे स्वर्गद्वारीकाे दर्शन गरेर अर्घाखाँचीकाे सुपा देउरालीका लागि छुटेकाे ग २ ख ६८० नम्बरको बस बेलबाटिका नजिकै दुर्घटनामा परेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अम्बर थापाले सबै घाइतेहरुको सन्धिखर्कका विभिन्न अस्पतालमा उपचार भइरहेकाे जानकारी दिनुभयाे ।

अर्घाखाँचीको सन्धिखर्क-२ बेलबाटिका नजिकै बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।