यौन दुर्व्यवहार गर्ने शिक्षकविरुद्ध प्रहरीमा जाहेरी दर्ता
हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता माविमा अध्ययनरत बालिकाहरूलाई यौन दुर्व्यवहार गरेका शिक्षक विरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको छ।
विद्यालयमा अध्ययनरत बालिकाहरूलाई यौन दुर्व्यवहारगरेका ३ जना शिक्षकविरुद्ध अभिभावकहरूले जाहेरी दिएका हुन्। जाहेरी परेसँगै शिक्षकहरुलाई पक्राउ गर्ने तयारी भइरहेको निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए।
विद्यालयको कक्षा ४ देखि ८ सम्म अध्ययनरत करिब ७५ जना छात्रालाई विद्यालयका शिक्षक लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकले गलत नियतले छुने गरेको आरोप लगाउँदै छात्राहरूले मंगलबार विद्यालयमा तोडफोड तथा तालाबन्दीसमेत गरेका थिए।
उनीहरूले वर्षौंदेखि शिक्षकहरूले आफूहरूलाई गलत नियतले संवेदनशील अंगमा छुने गरेको आरोप लगाएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























