भन्सार छलेर ल्याइएका ७ वटा बुलेट मोटरसाइकल बरामद
काठमाडौं । भन्सार छलेर ल्याइएका ७ वटा बुलेट मोटरसाइकल प्रहरीले बरामद गरेको छ। गैरकानुनी तरिकाले भारतीय नाकाबाट ल्याइएका ती मोटरसाइकल उपत्यका विभिन्न स्थानमा कारोबार हुने गरेको सूचनाको महानगरीय अपराध महाशाखाको टोलीले बरामद गरेको हो।
बरामद गरिएका मोटरसाइकल सु.प.प्र ०१-००९ प २०५०, से.७ प.८४८९, प्र.०१-०४९ प ३३२६, बा.४९ प ९३२२, बा.प्र.०२-०२३-२४७४, सु.प्र.प्र.०१-००९ प.५१६६ र सु.प.प्र.०१-००८ प.५५९ नम्बरका रहेका छन्।
बरामद मोटरसाइकलको मूल्य करिब २१ लाख रहेको प्रहरीले जनाएको छ। ती मोटरसाइकललाई त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालय गौचरन काठमाडौं पठाइएको महाशाखाले जनाएको छ। प्रहरीले ती मोटरसाइकल ल्याउने व्यक्तिको खोजी तीव्र बनाएको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























