कोरोना अपडेट : आज भेटिए ७ जना संक्रमित, २५ जना संक्रमणमुक्त

काठमाडौं । २४ घन्टामा जम्मा ७ जना कोभिड १९ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ६ सय ६८ जनामा गरिएको परीक्षामा जम्मा ७ जना संक्रमित भेटिएका हुन्।
आज २५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हुने मृत्यु आज पनि शून्य रहेको छ। हाल देशभरि ७ सय ४७ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभरि ११ जना संक्रमित आइसियू र १ जना संक्रमित भेन्टिलेटरमा उपचारत छन्।
हाल नेपालमा लक्षित जनसंख्याको ९३ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाइसकेको छ। १५ वटा जिल्लामा सक्रिय संक्रमित शून्य रहेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























