दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्डको आवेदन खुला
काठमाडौं । मनोरञ्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै ‘दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२२’ हुने भएको छ।
अवार्ड आवेदनका लागि दर्ता फारम निःशुल्क गरिएको छ। वैशाख २० गतेसम्म फारम भर्न सकिने अवार्ड कार्यक्रमका संयोजक सूर्य चन्दले जानकारी दिए। आवेदनका लागि २०२० जनवरीदेखि २०२१ डिसेम्बरसम्म सार्वजनिक गीत हुनु पर्नेछ। नवप्रतिभाको हकमा २०२१ भित्र गीत निकालेको हुनु पर्ने जनाइएको छ।
क्रिएटिभ इन्साइट मिडियाको प्रस्तुति तथा व्यवस्थापनमा हुन लागेको अवार्ड कार्यक्रमको संयोजक तथा संस्थापक निर्देशक सूर्य चन्द रहेका छन्। मौलिक कला, संस्कृति, संगीत, चलचित्र लगायतका क्षेत्रका व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने उद्देश्यले अवार्ड आयोजना गरिएको आयोजकको भनाइ छ।
उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक/गायिका, पर्व विशेष गीत (तिज, दशैँ तिहार, होली)‚ भेग विशेष (पूर्बेली, काठे, पश्चिमेली)‚ भजन, पप/आधुनिक गायकगायिका, भाषाभाषिका गीत, म्युजिक भिडियो‚ चलचित्रलगायत विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























