कपिलवस्तुको हरिबोधमा विदाइ कार्यक्रम ।।
कृष्ण पौडेल ।।
कपिलवस्तुको विजयनगर गाउँपालिका ६ हरिबोध आधारभुत विद्यालयमा विदाइ कार्यक्रम सम्पन्न भएको छ । कक्षा ७ मा अध्ययनरत विद्यार्थीद्वारा कक्षा ८ का विद्यार्थीहरुलाई विदाई गरेको विद्यार्थी कृष्ण कुमार यादवले जानकारी दिनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि वडा नं ६ वडा अध्यक्ष प्रेम बहादुर कलवारले हरेक क्षेत्रको विकासका लागि शिक्षा नभई नहुने बताउँनु भयो । अध्यक्ष कलवारले शिक्षा बिना अन्य क्षेत्रको विकास हुन नसक्ने भनाई राख्नु भयो । वडा अध्यक्ष कलवारले भन्नुभयो “हामीले शिक्षा क्षेत्रलाई बलियो बनाउन सक्यो भने अन्य क्षेत्रले स्वतः तीव्र रुपमा विकास हुँदै जान्छ” ।
विदाई कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा शाखा प्रमुख हरिहर बेल्वासेले मेहनत, लगनशीलताले नै परिवर्तन ल्याउने भएकोले विद्यालयमा हुँदा या बाहिर रहि अध्ययन गर्दा अनुसाशनबाट पहिचान झल्कने भएकोले नियमित अनुशासन कायम राख्न अनुरोध गर्नु भयो ।
विदाई कार्यक्रममा विद्यालयलाई १५ कठ्ठा जग्गा प्रदान गर्ने वसुन्धरा पोखरेललाई दोस्लला ओढाएर माया को चिनो गरिएको थियो । समाजसेवी बद्धिनाथ सापकोटाले ७ थान टेवल बेन्च विद्यालयलाई सहयोग गरेकोले सापकोटालाई दोस्लला ओढाएर मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रम विद्यार्थी नितेश कुमार यादवको अध्यक्षता विद्यालय व्यवस्थापन समितिको पदाधिकारी, प्रधानाध्यापक, शिक्षकहरुको सहभागिता रहेकोे थियो । उक्त कार्यक्रमको सन्चालन मनिषा खटिकलेले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























