कपिलवस्तु शिवराजका १८० जग्गाधनीलाई लालपूर्जा
चन्द्रौटा,२३ चैत
कपिलवस्तुको शिवराज नगरपालिकाका १ सय ८० जग्गाधनी लालपूर्जा वितरण गरिएको छ । नगरको वडा २,३ र ५ नम्बर वडामा रहेका पाँच गाउँ ब्लकका जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको नापी कार्यालय कपिलवस्तुका प्रमुख कैलाशनाथ पाण्डेले बताउनुभयो । लामो समयदेखि गाउँ ब्लक समस्यामा रहेको जग्गाधनीहरूले लालपूर्जा पाएपछि खुसी भएका छन् ।
लालपुर्जा वितरण गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले नापी भएर पनि लामो समय देखि लालपूर्जा नपाएका जग्गाधनीलाई पुर्जा वितरण गरेको बताउनुभयो । शिवराजका अन्य वडाहरू पनि गाउँ ब्लक रहेको र निरन्तर लालपूर्जा वितरण गरिने उहाँले बताउनुभयो ।लालपुर्जा पाएका नागरिकहरू स्थायी बासिन्दाको रूपमा रहेकोले सरकार तथा अन्य निकायले प्रदान गर्ने सेवा सुविधा पाउने बताउनुभयो । नगरप्रमुख अधिकारीले २०२६ देखि नाप जाँच सुरु भए पनि लालपुर्जा वितरणको काम भरखरै सुरु भएको नगरभरको यो समस्यालाई समाधान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख शिवकुमारी थारुले वर्षै देखि लालपूर्जा माग गरेका नागरिकहरूले पुर्जा पाएको बताउनुभयो । शिवराजसँगै जिल्लामा रहेका गाउँ ब्लकका जग्गाको लालपुर्जा वितरण भइरहेको र अब भूमिहीन,अव्यवस्थित बसोबास लाई लालपूर्जा दिनुपर्ने बताउनुभयो । शिवराज नगरपालिका वडा न ३ का ६५ जना नागरिकहरूलाई लालपुर्जा वितरण गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । धेरै अघि नापी भएको भए पनि विभिन्न समस्यालाई लालपुर्जाको नपाएको बताउनुभयो । कपिलवस्तुमा २०२६ साल वाट सुरु भएको गाउँ ब्लक जग्गा २०२८ मा सामान्य नापी भएको थियो । हाल सम्म जिल्लाका साबिक ८१ गाविस वाट १ हजार ९३ गाउँ ब्लक र ६७ बजार ब्लक रहेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ बलुहवाका विश्वनाथ थारु लालपुर्जा पाउँदा खुसी हुनुभयो । लालपुर्जा पाउने आश मरेको भएपनि अहिले लालपुर्जा पाउँदा खुसि लागेको उँहाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























