यशोधरा गाउपालिकाद्धारा १ सय ५ महिला स्वयमसेविकाहरुलाई साईकल
कपिलवस्तु – यशोधरा गाउपालिकाले स्वास्थ्य सेवामा पहुच बढाउन १ सय ५ महिला सामुदायिक स्वास्थय स्वयमसेविकालाई साईकल बाडेको छ । गाउपालिका भित्र रहेको ८ वटै वडाका सबै महिला स्वमसेविकालाई मंगलवार एक कार्यक्रमका बिच साईकल बाडिएको हो ।
गाउपालिका प्रमुख गिरिजेश कुमार पाण्डेय उप प्रमुख कन्यावती उपाध्याय र वडाध्यक्षहरुले महिला स्वयमसेविकालाई साईकल हस्तान्तरण गरेका थिए । गाउपालिकाको स्वास्थ्य अवस्थामा सुधार गरी स्वास्थ क्षेत्रलाई प्रभावकारी बनाउन साईलक बाडिएको गाउपालिका प्रमुख पाण्डेयले बताए । गाउपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै उनले साईलक पाए पछि महिला स्वयमसेविकामा काम गर्न उत्साह थप्ने बिश्वास ब्यक्त गरे ।
आफनो पाच बर्षे कार्यकालको अन्तिम समयमा आफुले बाल बिकास केन्द्रका सहजकर्ता र कक्षा ८ मा पढने छात्रालाई समते साईलक बाढने योजना रहेको बताए । आफु अर्को कार्यकालकाािग प्रमुखमा चुनिए सबै महिला स्वयसेविकालाई स्कुटर समेत प्रदान गर्ने आश्वासन दिए । सो अवसरमा गाउपालिका वडा नम्बर ६ का अध्यक्ष श्याम नारायण उपाध्यायले महिला स्वयमसेबिकालाई काम गर्न सहजताकालागि साईकल उपलब्ध गराइएको बताए ।
यसले महिला स्वयमसेविकाको उत्साह बढाउने उनले बताए । सो अवसरमा गाउपालिकाको स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र मिश्राले महिला स्वयमसेविकालाई कार्यक्षेत्रमा आउजाउ गर्न सहजताकालागि कार्य योजना अनुसार साईकल दिइएको बताए । साईकल पाए पछि महिला स्वयमसेविकाहरु दंग छन । साईकल पाएर खुशी भएकी गाउपालिका वडा नम्बर ५ की गीता गुप्ताले कार्यक्षेत्रमा खटिन आफुहरुलाई निकै सहज हुने बताईन ।
‘ साईकल नहुदा कार्यक्षेत्रमा पैदल जानु पथ्र्यौ तर अहिले भने साईकलमा आउजाउ गर्दा निकै सजिलो हुनेछ ’ उनले भनिन । उनले आफुहरुहरुलाई यसले आफुहरुलाई काम गर्न उत्साह थपेको उनले बताईन । ‘ साईकल पाए पछि हामीलाई काम नर्ग उत्साह थपको छ ’ उनले भनिन ‘ अब हामीहरुले झन मिहिनेतकासाथ घर घरमा पुगेका काम गछौ । प्रमुख पाण्डेयको अध्यक्षता र चन्द्र कुमार तिवारीको संचालनमा भएको कार्यक्रममा उप प्रमुख कन्यावती उपाध्याय, वडा नम्बर १ का अध्यक्ष शिवपुजन पासी, २ का अध्यक्ष अब्दुल रसिद मुसलमान, ३ की अध्यक्ष सरिता त्रिपाठी, वडा नम्बर ७ का अध्यक्ष चन्द्र प्रकाश दुबे, सल्लाहकार माधव पराजुली लागतयको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























