कुवागाउ कै पहिलो बाल विकास केन्द्रको भवन उदघाटन
कपिलवस्तु -कपिलवस्तु नगरपालिका वडा नम्बर ८ दोहनीको कुवागाउमा ओम बाल विकास केन्द्रकको नवनिर्मित भवनको उदघाटन गरिएको छ । झन्डै ८ लाखमा निर्माण गरिएको भवनको भारतकालागि पर्वु नेपाली राजदुत तथा कांग्रेस नेता दीप कुमार उपाध्याय र मेयर किरण सिंहले संयुक्तरुपमा उदघाटन गरेका हुन । कुवागामै पहिलो शैक्षिक संस्थाकारुपमा संचालन गरिएको बाल विकास केन्द्रले यस गाउको शैक्षिक विकासमा मद्दत मिल्ने नेता उपाध्ययाले बताए । उनले शिक्षा क्षेत्रको विकास बिना मुलुकले बिकासको गति लिन नसक्ने भन्दै शिक्षा क्षेत्रमा तीन वटै तहका सरकारले लगानी बढाउनु पर्ने बताए ।
उनले पछी परको कुवा गाउको विकासकालागि नगरपालिका र वडाले बिशेष ध्यान दिनु पर्ने बताए । सो अवसरमा मेयर सिंहले नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले सूरु देखि नै आफुले शिक्षा क्षेत्रमा लगानी बढाउदै गएकाले बिगत भन्दा अहिले नगरपालिको शिक्षा क्षेत्रमा केही भए पनि सुधार आएको बताए । ‘ कुवा गाउमा पहिलो शेक्षिक सस्थाको रुपमा बाल विकास केन्द्रका स्थापना भएको छ २ काठे भवन पनि बन्यो अब यो गाउको शिक्षा क्षेत्रमा केही भए पनि बिकास हुन्छ ’ उनले भने ।
उनले कुवा गाउमा विकासमा आफु लागनी पर्ने बताए । सो अवसरमा कांग्रेस पुर्व जिल्ला सभापति सुधाकर पाण्डेयले कुवा गाउकालागिग यो बाल विकास केन्द्रले शिक्षको ज्योति छर्ने बताए । उनले कांग्रेसको नेतृत्वमा बनेको बर्तमान सरकारले देश कै समग्र विकासकालागि ठोस काम गरेको बताए । कार्यक्रममा वडाअध्यक्ष शिव कुमार पाण्डेयले नगरपालिका र स्थानीयको सहयोमगा ठुलो प्रयास पछि कु्वा गाउमा बाल विकास केन्द्र स्थापना र भवन निर्माण भएको बताए । ‘
लामो प्रयासले सार्थकता पाउदा निकै खुशी लागेको छ अब कुवा गाउका बाल बालिका यही केन्द्रमा पढन पाउछन ’ उनले भने । उदघाटन कार्यक्रममा उप मेयर लक्ष्मी गुप्ता कांग्रेस युवा नेता गोपी कृष्ण शर्मा, राजु अर्याल, चर्तुभुजमणि त्रिपाठी लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























