माधव नेपालद्धारा नेकपा एकिकृत समाजवादीको शिवराजमा पार्टी कार्यालय उद्धघाटन
कपिलवस्तु –नेकपा एकिकृत समाजवादी शिवराज नगरकमिटिको पार्टी कार्यालय उद्धघाटन गरिएको छ । मगलवार पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले रिवन काटेर पार्टी कार्यालयको उद्धघाटन गर्नुभएको हो ।
उहाँले पार्टीलाई थप मजवुत बनाउँदै स्थानीय तहको निर्वाचनमा लाग्न नेता कार्यक्रतालाई निर्देशन दिनुभएको छ । धेरै भन्दा धेरै पालिकामाहरु आफ्नो जित हुने गरि लाग्न आग्रह गर्नुभएको हो ।
शिवराज नगरपालिकाका प्रत्येक वडा तथा नगरमा स्थानीय तहको निर्वाचन लक्षित गतिविधिहरु सुरु भएको नगर अध्यक्ष सरोज पौडेलले बताउनुभयो । पार्टी कार्यालय उद्धघाटन पश्चात पार्टी संचालनमा थप सहज हुने पौडेलको भनाई छ । पार्टी कार्यालय शिवराज नगरपालिका चन्द्रौट मा राखिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























