कपिलवस्तु-टाइफाइड नियन्त्रणका लागि विजयनगर गाउँ पालिका खोपको तयारीमा जुटेको छ । पालिकाले खोप अभियानलाई प्रभावकारी वनाउन नियमित रुपमा पालिका स्तरीय अभिमुखिकरण गर्दै आएको छ ।

विजयनगरमा यहि चैत्र २४ देखि २९ गतेसम्म संचालन गरिने टाइफाइड नियन्त्रणका लागि खोप अभियान प्रभावकारी वनाउन मंगलबार  कार्यपालिका सदस्य , विद्यालयको प्रधानाध्यापक ,संघ संस्था, पत्रकार सहित अभिमुखिकरण भएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनु भयो ।आगामि २४ गते देखि २९ गते सम्म संचालन हुने टाइफाइड खोप नियन्त्रणका लागि पालिका भित्र प्रत्येक दिन विधालय र समुदाय बाट सेवा प्रदान गरीने अधिकारी ले जानकारी दिनु भयो ।

वडा स्तरमा स्वास्थ्यकर्मि,खोप केन्द्रमा खटिने स्वयसेविका र वडा स्तरीय खोप समन्वय समितिबिच अभिमुखिकरण संचालन भईरहेको उहाँले वताउनु भयो । । विजयनगर गाउँ पालिकामा १५   महिना  देखि  १५ बर्ष  सम्म का सबै लाई खोप उपलब्ध हुने अधिकारी ले जानकारी दिनु भयो ।