कपिलवस्तु २० चैत : कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पताललाई भेन्टीलेटर सहीतको सुबिधा संपन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ । मेयर किरण सिंह र प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेलले अस्पताल विकास समितिका अध्यक्ष शिवलाल यादव र मेसु किशोर बन्जाडेलाई क बर्गामा पर्ने एम्बुलेन्सको चाबी हस्तान्रण गरेका हुन । गत माघ १८ गते नगरपालिकाले ७२ लाख २१ हजार १९३ मुल्यको सो एम्बुलेन्स खरिद गरी ल्याएको थियो ।
नगरपालिकाले जटील खालको बिरामीलाई लक्षित गरी फोर्स कम्पनीको एम्बुलेन्स ल्याएको थियो । कोरोनाका सिकिस्त बिरामी र जटिल खालका बिरामीको उपचारमा सहजता ल्याउनकालागि आफुहरुले सो एम्बुलेन्स किनेर ल्याएको मेयर सिंहले बताए । उनले हस्तान्तरण गरिएको एम्बुलेन्सलाई अस्पतालले सही तरिकाले संचालन गर्नु पर्ने बताए । उनले अस्पतालकालागि चाहिने अरु कुराहरु पनि सहयोग गरिने बताए । काठमाण्डौको प्राईम अटो टेक्स प्रालिले भारतबाट खरिद गरी सुनौली नाका हुदै नगरपालिकालाई उपलब्ध गराएको थियो । यति सुबिधा संपन्न एम्बुलेन्स लुम्बिनी प्रदेश कै पहिलो भएको भन्दै मेसु बन्जाडेले अस्पतालमा बिरामीको उपचारमा सहजता ल्याएको बताए । रिफर गर्नु पर्ने जटिल खालका बिरामीको उपचारकालागि यो उपयोगी हुने उनले बताए । एम्बुलेन्समा आईसियु, भेन्टीलेटर सहीत जटील खालका बिरामीलाई भित्रै उपचार गर्ने सेवा उपलब्ध रहेको उनले बताए ।
एम्बुलेन्समा जीपिएस सिस्टम समेत रहेको उनले बताए । भेन्टीलेटर सहीतको सुबिधा संपन्न एम्बुलेन्स लुम्बिनी प्रदेश कै यो पहलिो रहेको खरिद समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले दाबी गरे ।
यस्तो खाले एम्बुलेन्स गौतमबुद्ध मुटु अस्पताल बुटवल संग मात्र रहेको उनले बताए । जिल्ला मै पहिलो पटक भेन्टीलेटर सहीतको एम्बुलेन्स आए पछि नगरबासी खुशी भएका छन । उनले एम्बुलेन्स संचालनका बिषयमा समितिको निर्णय गरी कार्यान्वयमा ल्याउने उनले बताए ।