तौलिहवा ।
नेपाल कम्युनिष्ट पार्टी एमाले कपिलबस्तु नगरपालिकाका नगर सचिव जनता समाजवादी पार्टी नेपालमा प्रबेश गरेका छन् ।
एक कार्यक्रमका विच नगर सचिव सन्तोष कुमार श्रीवास्तावले एमाले परित्याग गरी जनता समाजबादी पार्टी नेपालमा प्रबेश गरेको जसपाका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले जानकारी दिए ।
जसपा नेपाल कपिलबस्तु जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा उहाँले पार्टी प्रबेश गर्नु भएको हो ।
प्रबेश कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्य नरसिंह चौधरी, प्रदेश उपाध्यक्ष अब्दुल रसिद खाँ, राम नेवाश यादव, सहसचिव ईरफान खान, राम अचल यादव लगायतले आफ्नो धारण राखेका थिए । कार्यक्रमको सञ्चालन सन्तोष पाण्डेयले गरेका थिए ।