मुस्लिम धर्मावलम्वीहरुको पवित्र महिना रमजान आज देखि सुरु
कपिलवस्तु-मुस्लिम धर्मावलंबीहरुको पवित्र महिना रमजान आज देखि सुरु भएको छ । राष्ट्रीय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारि गरी आज आइतवार देखी रमजानको व्रत सुरु भएके जानकारी दिनुभयो ।
पवित्र महिना रमजानमा मुस्लिम धर्मावलंबीहरु रमजान महिनाको १ गते देखि ३० गते सम्मा रोजा व्रत बसी इबादत अल्लाह संग प्रार्थना र आफुले गरेको गल्तीहरुको पश्चाताप गरि क्षमायाचना माग्ने चलन रही आएको राष्ट्रीय मदरसा संघ नेपालका .महासचिव मौलाना मशहुद खां नेपालीले जानकारी दिनुभयो ।
रमजानमा गरिब परिवारहरुमा दान दक्षिणा सदका जकात समेत दिइने चलन रहेको छ । जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरको रमजान महिनामा रोजा बस्ने समयसरणी अनुसार यसपालि लगभग १४ घण्टा निराजल व्रत राख्नु पर्छ ।
छिमेकी मित्र राष्ट्र भारतको बिभिन्न शहरमा रमजान महिनाको चन्द्रदोदय देखिएको कारणले नेपालमा पनि चैत्र १९ गते तराबिह नमाज पढ़ने र चैत्र २० गते देखि व्रत बस्ने जानकारी राष्ट्रीय मदरसा संघ नेपालले दिएको छ ।
राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा अब्दुल गनी अलकुफी अनुसार नेपालमा कोभिड १९ महामारी न्युन रहेको कारणले धार्मिक स्थलहरु खुल्ला रहेको छ । यो पवित्र महिना रमजानको इबादत प्रार्थना गर्नको लागि मस्जिदमा पुगी इबादत गर्नको लागि अनुरोध गर्नुर्भएको छ ।
पवित्र रमजान महिनामा इबादत गर्नाका साथ साथै आआफुले बर्ष भरि कमाएको हलाल रुपयामा २.५ पतिशत जकात .दान. दिई गरिब परिवारहरुको सहयोग गर्ने मदरसा संघ नेपालको महासचिव मौलाना मशहुद खां नेपालीले बताउानु भयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























