राम अवतार चाैधरी, कपिलवस्तु ।

थारु पत्रकार संघ नेपाल कपिलवस्तुकाे नेतृत्वमा सरिता थारु सहित १३ सदस्यीय नयाँ नेतृत्व चयन भएकाे छ । शुक्रबार जिल्लाकाे चार नम्बर जीतपुरमा भएको चाैथाे साधारणसभा तथा अधिवेशनबाट संघले नयाँ नेतृत्व पाएकाे जनाइएको छ ।

जसकाे उपाध्यक्षमा साेनकुमारी थारु सर्वसहमत चयन भएकी छन् । त्यसैगरी सचिवमा सिर्जना थारु, सह-सचिवमा नरेश थारु र काेषाध्यक्षमा अनिल थारु लगायत सर्वसहमत चयन भएकाे थापसले जनाएकाे छ ।

यसैबीच थापसंघका केन्द्रीय सचिव कमल चाैधरीले थारु समुदायको माग मुद्दा सम्बाेधन गर्न थारु पत्रकारहरुले सक्रिय भुमिका खेल्नुपर्ने बताए । आफ्नो समाजकाे अस्तित्व जाेगाउन मिडियाकर्मीले कलमकाे माध्यमबाट अहम भूमिका निर्वाह गर्न आवश्यक रहेकाे समेत उनले जनाए । थारु समुदाय भित्रका माैलिक पहिचान झल्काउने खालका बिषयबस्तु साथै खाेजमूलक पत्रकारिता गर्न थारुले आग्रह गरे ।

समाजमा दब्बिएर रहेका आवाज उठान सँगसँगै अन्यायमा परेका पिडितलाई न्याय दिलाउन सञ्चारकर्मीले आहाेरात्र खटिएकाे केन्द्रीय सचिव थारुले बताए । नव निर्वाचित पदाधिकारीलाई बधाई र सफलताको शुभकामना समेत उनले व्यक्त गरे ।

यस्तै थारु कल्याणकारीणी सभाकी केन्द्रीय सदस्य सुमित्रा थारुले थापस र थाकसकाे माग मुद्दाहरु प्रायः एउटै रहेकाेले दुबैकाे हातेमालो तथा सहकार्यकाे जरुरी रहेकाे बताइन् । समुदायकाे हक, अधिकार प्राप्तिका लागि दुबै संघबीच सुमधुर सम्बन्ध बनाउन महत्त्वपूर्ण रहेकाे उनले जनाइन् । सहकार्य गरे असम्भव केही नरहेकाे जनाउँदै आगामी दिनमा समन्वय सम्पर्क दिगाे गराउन छलफललाई निरन्तरता दिनुपर्नेमा सदस्य थारुले जाेड दिइन् ।

यहि चैत २५, २६ गते नवलपुरमा हुना लागेकाे थापसकाे केन्द्रीय महाधिवेशनमा कपिलवस्तुबाट थापस संस्थापक अध्यक्ष सिताराम चाैधरी, उमाशंकर थारु, द्वारिका प्रसाद थारुलाई अधिवेशनबाट पार्षदकाे रुपमा पठाउने निर्णय गरेकाे छ । कार्यक्रममा बाेल्ने अधिकांश वक्ताले यसपालि महिलाकाे नेतृत्व आएपछि सकारात्मक सन्देशसँगै प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरेका छन् । यसअघि कपिलवस्तुमा थापसलाई पुरुषले मात्रै नेतृत्व गर्दै आएका थिए ।

त्यसैगरी थापस पूर्व उपाध्यक्ष द्वारिका प्रसाद थारु, थाकस कपिलवस्तु सभापति उमाशंकर थारु, थाकस बाणगंगा नगर सभापति भग्गुप्रसाद थारु, थारु महिला सभा कपिलवस्तुकी अध्यक्ष मञ्जु थारु लगायतले अधिवेशनलाई सम्बाेधन गरेका थिए ।