कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सेवा सहकारीको अध्यक्षमा सापकोटा
कपिलवस्तु। चेम्बर बहुउद्देश्यीय सेवा सहकारी संस्था लिमिटेडको प्रथम साधारणसभा तथा अधिवेसनले नयाँ कार्य समिति चयन गरेको छ ।चेम्वर अफ कमर्श कपिलवस्तुको हलमा शुक्रबार भएको प्रथम अधिवेशनले अर्जुन सापकोटाको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा गोपाल बन्जाडे, सचिवमा नमराज न्यौपाने, सहसचिवमा मधु सिग्देल र कोषध्यक्षमा प्रेमकला पौडेल चयन हुनु भएको छ ।
दिपक पौडेल, ढुना पन्थी, शान्ति गिरि, भोजराज पान्डे, सन्तोष पाण्डे, होतराज पोखरेल, शिशिर पोख्रेल, सुमित्रा अधिकारी
चेम्बरको सदस्यहरुमा चयन हुनु भएको छ भने शरद अधिकारी, संयोजकमा खेमराज पौडेल ,रेसमा पाण्डेलाई लेखा समितिमा सदस्यमा चयन गरेको छ ।
कार्यक्रममा बमेल्दै सस्थाका सस्थापक अध्यक्ष एवम चेम्वर अफ कमर्शका केन्द्रिय सदस्य महादेव पोख्रेलले व्यवसायीको हक हित र व्यापार तथा रोजगारी प्रवद्र्धन गर्न व्यवसायीक एकता हुनुपर्ने बताउनु भयो ।
सस्थापक अध्यक्ष पोख्रेलले सबैको सहकार्यले उक्ता सस्थालाई यहाँ सम्म ल्याउन सकेको बताउनु भयो ।सस्थालाई अझै मजबुद पार्न सबै सँग सहकार्य गरेर बढ्नुपर्नेबताउनु भयो । संस्थापक अध्यक्ष महादेव पोखरेलको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको सचिव जगत पौडेलले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























