शिवराजमा राप्रपाले भोलि देखि चुनाव लक्षित ’घरदैलो अभियान’ गर्ने
कपिलवस्तु –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को शिवराज नगर समितिले भोलि (सनिवार ) देखि स्थानीय निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
सोहि बैठकलाई सम्बोधन गर्दै पार्टीका लुम्विनी प्रदेश कोषाध्यक्ष सईद अहमद शाहले राप्रपाको चुनावी अभियान ’जनताको माझमा राप्रपा, घरदैलो अभियान’ प्रभावकारी बनाउन सकै नेता तथा कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।
कोषाध्यक्ष शाहले नेता कार्यकर्तालाई शिवराजमा जित्ने गरी अभियानमा लाग्न निर्देशन समेत दिनु भएको छ । पार्टीको केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई विभिन्न जिल्लाको केन्द्रीय प्रतिनिधि तोकिएको छ ।
पाटीको चुनावी अभियान अनुसार आज कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा राप्रपा शिवराजका अध्यक्ष राम बहादुर रायमाझीको अध्यक्षताका बसेको बैठले उक्त निर्णय गरेको हो ।
स्थानीय चुनाव लक्षित ’जनजागरण, आफ्नो टोलमा पुगौँ, घरदैलो अभियान र जनताको माझमा राप्रपा कार्यक्रम’ सञ्चालन गर्ने निर्णय गरको राप्रपा शिवराजले जनाएको छ ।
साथै भोलि नै राप्रपा शिवराज नगर समितिको पार्टी कार्यालय सामेत उदघाटन हुने राप्रपा शिवराजले जनाएको छ। चन्द्रौटाको होटल गरिब नावजमा सम्पन्न बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी शिवराकि उप प्रमुख पदकि उम्मेदवार विपासा चौधरी , युवा सघंको क्षेत्रीय अध्यक्ष विजय प्रताप मौर्या एवम शिवराजका ११ वडाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























