बालिका बलात्कार आरोपमा एकजना पक्राउ
पाल्पा । पाल्पामा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
तिनाउँ गाउँपालिका–१ कचलका ४८ वर्षीय पुरुषलाई पक्राउ गरिएको परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।
उनका अनुसार ती पुरुषले १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ। बिहिबार नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























