ब्यवसायिक योजना तयारी र प्राप्ती प्रकृया समबन्धी सहजीकरण कार्यक्रम
कपिलवस्तु -कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको गोरुसिंगेमा ब्यवसायिक योजना तयारी र प्राप्ती प्रकृया समबन्धी सहजीकरण कार्यक्रम संपन्न गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा भएको कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुकी अध्यक्ष फुलकुमारी श्रेष्ठले घरेलु तथगा साना उद्योगलाई सरकारले प्रोत्साहन दिनु पर्ने बताईन । साना उद्योगीशरुलाई ब्यवसायन गर्न वातावरण तयार गर्नु पर्ने बताईन ।
अहिले साना उद्योत तर्फ मानिसहरुको आकषर्ण बढेकाले त्यस्ता उद्योगीलाई दीगो बनाउने खालका कार्यक्रमहरु संचालन गर्नु पर्ने उनले बताईन । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कालीदास बस्यालको अध्यक्षता र गोबिन्द प्रसाद तेलीको संचालनमा भएको कार्यक्रममा अधिकृत बिष्णु प्रसाद पाख्रेल, बिनय पुडासैनी लागयतले मन्तब्य दिएका थिए ।
तालिममा सहभागी भएका ६५ जनालाई ब्यवसायिक योजना तयार गर्ने तरिका र प्रकृयाका बिषयमा सहजकर्ताहरु दिपक सुबेदी र कमलेश कुमार श्रेष्ठले जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























