कपिलवस्तु । कपिलवस्तुको बुद्वभुमी नगरपालिकामा उसु प्रतियोगिता सम्पन्न भएको छ । उसु संघ कपिलवस्तु आयोजना भएको उक्त प्रतियोगितामा जिल्लाका १३ समूह सहभागी रहेको उक्त प्रतियोगितामा प्रथम सिद्वार्थ गौतम मेमोरियल स्कुल ,द्वतिय श्री माबी इमिलिया र तृतीय स्थानमा आदर्श इङलिस स्कुलले स्थान हासिल गरेको छ त्यस्तै थाउलो बिधामा प्रथम र द्वितीय आवर मदरल्यान्ड र तृतीय श्री माबी इमिलियाले जित हासील गरेको छ ।

खेलाडीहरु उत्साह जनक सहभागिता रहेको जिल्ला उसु संघका अध्यक्ष दत्त प्रसाद पाण्डेले बताउनुभयो । कार्यक्रममा नगर प्रमुख केशव कुमार श्रेष्ठले खेललाइ प्राथमिकता दिदै खेलाडीको क्षमता वृद्धिमा नगरले विभिन्न काम गरेको बताउनुभयो ।कार्यक्रममा वडा अध्यक्ष कार्यापालिका सदस्य शिक्षक खेलप्रमीहरुको सहभागिता रहेको थियो ।