विशाल जनसभालाई सम्बोधन गर्न, ओली सहित पौडेल र पोख्रेल भोलि कपिलवस्तु आउने एमाले जिल्ला अध्यक्ष शर्माद्धारा जिल्लाबासीलाई उपस्थितीका निम्ति अपिल
कपिलवस्तु, १३ चैत्र ।
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रि केपि शर्मा ओलीले चैत्र १४ गते सोमबार तौलिहवामा आयोजित पार्टी प्रवेश तथा विशाल जनसभालाई सम्बोधन गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको एमाले कपिलवस्तुले जनाएको छ । सोमवार ओलीले प्रतिनिधी सभाका सांसद, प्रदेश सभा सांसद, वडा अध्यक्ष लगायतका नेता, कार्यकर्तालाई ठुलो संख्यामा प्रवेश गराउने कार्यक्रम रहेको एमाले कपिलवस्तुले जनाएको छ ।
विशाल सभालाई एमालेका उपाध्यक्ष,पूर्व उपप्रधानमन्त्रि तथा अर्थमन्त्रि विष्णु पौडेल, पार्टीका महासचिव एवमु लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेल लगायतका प्रभावशाली नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।
एमाले जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा तौलिहवाको बुद्ध पदमा माविमा आयोजित पार्टी प्रवेश तथा विशाल जनसभामा उपस्थितीका लागि सम्पूर्ण जिल्लावासीलाई आग्रह गर्नु भएको छ । अध्यक्ष शर्माले पार्टीका अध्यक्ष,पूर्व प्रधानमन्त्रि एवम् पार्टीका प्रभावशाली नेताको आगमनले कपिलवस्तुको समग्र विकासका निम्ति निकै अर्थपूर्ण रहने जिकिर गर्नु भएको छ । विशाल जनसभामा करिव ३३ हजारको सहभागिता हुने दावी गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























