विजयनगरमा पाँच दिन विद्यालय बन्द
कपिलवस्तु –कपिलवस्तुको विजयनगर गाउँपालिका भित्र रहेका सबै सामुदायिक र सस्थागत विध्यालयहरु ५ दिनका लागि बन्द हुने भएका छन ।
गाउँपालिकाकाले आज एक सूचना जारी गर्दै यही चैत १४ देखि १८ गतेसम्म विद्यालयहरू बन्द हुने जनाएको छ । गत चैत्र ८ गते विजयनगर गाउँपालिकाका शिक्षा समितिको बैठकले शैािक्ष सत्र २०८९ को वर्षे विदा कट्टी गरेर अहिले विदा दिने निर्णय गरेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत हरीहर बेल्बासेले जानकारी दिनु भयो ।
पालिका भित्रका अधिकांश विध्यालयमा अध्यापन गराउने शिक्षहरु शिक्षक सेवा आयोगको परीक्षाका लागि विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द गर्ने निर्णय भएको अधिकृत बेल्बासेले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























