कपिलवस्तु – कृर्षकहरुलाई मध्यनजर राख्दै कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्वर ४ ले स्प्रे टंकी वितरण गरिएको छ । वडा भित्रका एक सय जना कृर्षकहरुलाई आईतबार एक कार्यक्रमका विच स्प्रे टंकी वितरण गरिएको हो ।

 

वडामा रहेका व्यावसायिक कृषि खेतीमा आवद्ध कृर्षकहरुको मागक आधारमा टंकी वितरण गरिएको सफिक अहमद मुसलमानले बताउनुभयो । वडाको वार्षिक कार्यक्रम अन्र्तगत कृषिमा रहेको सात लाख मध्य दुइ लाखको बेमौसमी तरकारीको विउविजन वितरण गरिएको र पांच लाख बरावरको स्प्रे टकीं वितरण गरिएको उहाले जानकारी दिनुभयो ।

 

कार्यक्रममा शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारा प्रसाद चौधरीले नगरपालिकाले कृर्षकहरुलाई पहिलो प्राथामिकता दिई काम गरिरहेको बताउनु भयो । करिव ३ वर्ष यता नगरपालिका बाट कृषि सामाग्री नपाएका कृर्षकलाई छनोट गरि टकीं वितरण गरेको उहांले बताउनु भयो ।