गाैशाला मा गाै संरक्षण काे लागि ५० बाेरा चाेकर सहित २० हजार नगद सहयोग
धनी राम काेरी
महाराजगन्ज , ।
कपिलवस्तु काे बुद्धभुमि नगरपालिका वडा नं ७ भित्र हिन्दु युवा शक्ति कपिलवस्तु , महाकाल सामाजिक संस्था र नेपाल विश्व हिन्दु महासंघको सहकार्य मा निर्माण भइरहेको गाैशाला भित्र रहेकाे गाैहरुकाे संरक्षण का लागि चाेकर सहित नगद सहयोग गर्नु भएको छ ।
नाग नागिन खाद्य उद्योग पिपरी परासी का प्रमुख सुरेश कुमार माैर्य र फुड्स कम्पनी मणिग्राम का प्रमुख गाेविन्द गाेयन्का संयुक्त रुपमा गाै संरक्षण काे लागि ५० बाेरा चाेकर सहित २० हजार नगद माधव पाण्डेय काे हात बाट गाैशाला मै पुगेर सहयोग गर्नु भएको छ ।
गाैशाला निर्माण काे सुरुवाती समय देखि पुर्ण रुपले जिम्मेवारी निभाउदै अाउनु भएको र गाैशाला निर्माण मा महत्त्वपूर्ण याेगदान रहेका हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेयले भन्नु भयो कि महाकाल सामाजिक संस्था र नेपाल विश्व हिन्दु महासंघको तर्फबाट पनि गाैशाला मा सहयोग गर्नु भएको महानभावहरुलाई हृदय देखि धन्यवाद दिन चाहन्छु ।
सहयोगदाताले भन्नू भए छ कि चाेकर सबै गाइहरुलाई खुवाउनु हाेला याे खत्म हुनु भन्दा ३ दिन पहिले हामीलाई जानकारी गराउनु हाेला हामीले फेरि चाेकर लगायत हाम्रो तर्फबाट के सहयोग गर्दा राम्रो हुन्छ त्यो सहयोग गर्नु तयार रहेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























