आईपीएल क्रिकेट आजदेखि : उद्घाटन खेलमा चेन्नई र कोलकत्ता खेल्दै
काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेट आजदेखि सुरु हुँदैछ । वान्खडे मैदानमा आज हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने आठ बजे सुरु हुनेछ ।
कोलकत्ताका कप्तान श्रेयस ऐर र चेन्नईका रविन्द्र जडेजा रहेका छन् । यी दुई टोली पछिल्लो पटक फाइनल खेलेका थिए । चेन्नईले उपाधि जितेको थियो । आईपीएलमा यसपालि थपिएका दुई टोलीसहित १० टिम सहभागी छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























