काठमाण्डौ ।

भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

राधेराधेबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ४ ख २००१ नम्बरको बसले प्रदेश नम्बर ३–०२–००६ प ६११४ नम्बरको मोटरसाइकललाई भक्तपुर नगरपालिका( १ सिर्जनानगरमा ठक्कर दिएको हो ।

मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका वडा नम्बर ८ का रमेश तिमल्सिनाको ज्यान गएको प्रहरीले जनाएको छ ।