कपिलवस्तु-लुम्बिनी प्रदेशका मानव अधिकारकर्मीहरु कपिलवस्तु आएका छन् । लुम्बिनी प्रदेशका १० जिल्लाका ३५ जना मानवअधिकारकर्मी अन्तरक्रिया कार्यक्रममा कपिलवस्तु आएका हुन ।

मानव अधिकारको वर्तमान अवस्था तथा संबैधानिक आयोगहरुको सिफारिस कार्यान्वयनमा मानव अधिकार रक्षकको भुमिका र चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रम मानवअधिकारकर्मी कपिलवस्तु तौलिहवामा आउनु भएको हो ।

अन्तरक्रीया कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगको सहसचिव सम्झन शर्माले नेपालामा मानवको अवस्था सुधार भएको बताउनु भयो ।मानवअधिकारको सुनिश्चितताका लाही मानव अधिकार मरक्षकहरुको भुमिका अति महत्त्वपूर्ण रहेको सहसचिव शर्माले बताउनु भयो ।

त्यस्तै मानव मोहनलाल अचार्यले मानव अधिकारको बिषयले नेपालमा केही हदसम्म मानव अधिकारको क्षेत्रले सकारात्मक प्रभाव पारेको बताउनु भयो ।स्थानीय स्तरमा रहेका सरकारी कार्यालयमा मानव अधिकार सम्बन्धि नीति निर्माण नहुदा समस्या सृजना भएको आचार्यले बताउनु भयो ।

कार्यक्रममा मदेशी आयोगका सदस्य विजय कुमार गुप्ताले मानव अधिकारको ग्यारेन्टीको लागि सरकार प्रतिबद्ध हुनुपर्ने जानकारी दिनुभयो । मदेशी आयोगले मानव अधिकारको पक्षमा सदैव रहेको अयोगका सदस्य गुप्ताले बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका निमित्त कार्यालय प्रमुख दिपक ठाकुरले मानव अधिकारको हक अधिकारको लागि आयोग तत्पर रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश मानव अधिकार रक्षक सन्जालका अध्यक्ष रवि ठाकुरले मानव अधिकारको घटना बढ्नु समाजको लागि राम्रो नभएको बताउनु भयो ।

मानव अधिकारकर्मी अझैसम्म पनि विभिन्न चुनौतीपूर्ण अवस्थाबाट गुजि्ररहेको प्रदेश अध्यक्ष ठाकुरले बताउनु भयो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले मानव अधिकार आयोगले सरकारलाई गरेको सिफारिस कार्यनयन ढिलाई गरेको बताउनु भयो । स्थानीय तहले मानवअधिकारको नीति निर्माण गर्नु पर्नेमा दुवाडिले जोड दिनु भयो ।

कार्यक्रममा मानव अधिकारकर्मी राम दयाल ठाकुर, राम विकास चौधरी, दिनेश त्रिपाठी, रुकैया खातुन लगायतले मानव अधिकारको अवस्थाका बारेमा आवाज उठाउनु भएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग नेपाल, जुरी नेपाल ललितपुरको आयोजनामा भएको कार्यक्रम माहुरी होम र लुम्बिनी प्रदेश मानव अधिकार रक्षक सन्जालको समन्वयमा कार्यक्रम तौलिहवाको तिलौराकोटमा सम्पन्न भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका १० जिल्लाका मानव अधिकारकर्मीको सहभागीता रहेको थियो ।