शिवराज १० मा विकास निर्माण कार्यका उपभोक्ता र अनुगमन समितिलाई सम्मान
कपिलवस्तु ।
कपिलवस्तुकाे शिवराज नगरपालिकाकाे वडा नम्बर १० लालपुरले सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । बुधबार वडा कार्यालयले विकास निर्माण कार्यका उपभोक्ता समिति र अनुगमन समितिका पदाधिकारीहरुलाई सम्मान गरिएकाे जनाएकाे छ । वडा कार्यालयले वडाभित्र गरेका विकास निर्माणका कामलाई अब्बल र पारदर्शी बनाउन अहम भूमिका निर्वाह गरेका उपभोक्ता समिति र अनुगमन समितिका पदाधिकारीलाई सम्मान गरिएको वडा अध्यक्ष मञ्जु मिश्रले जानकारी दिनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी लुम्बिनी प्रदेशका अध्यक्ष रवि दत्त मिश्रले वडा नम्बर १० ले चाैतर्फी रुपमा वडा कार्यालयकाे बजेटले भ्याएसम्म उत्कृष्ट कार्य गरेकाे बताउनुभयो । उहाँले स्वास्थ्य, शिक्षा सडक, कृषि खानेपानी लगायतकाे पुर्वाधारमा वडाले अब्बल काम गरेकाे भन्दै प्रशंसासमेत व्यक्त गर्नुभयो । एक महिला जनप्रतिनिधि भएर पनि छाेटाे समयमा उदाहरणीय कार्य गर्न सफल भएकाे मिश्रले बताउनुभयो ।
वडा अध्यक्ष मञ्जु मिश्रले नगरपालिकाकाे अन्य वडा भन्दा १० नम्बर वडामा हरेक कार्यमा नमुना कार्य गरेकाे दाबी गर्नुभयो । उहाँले सडक कालाे पत्रे, नाली, पुल, ग्रावेल, स्तरउन्नति, सिँचाई, पिउने पानी, विद्यालय र मदरसामा भवन निर्माण लगायतकाे विकास निर्माणका कार्य गर्न सफल भएकाे बताउनुभयो । उहाँले दुई वर्षको छाेटाे कार्यकालमा नै सराहनीय कार्य गरेकाे बताउँदै हरेक कार्यमा पारदर्शी रहेकाे जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “महिला जनप्रतिनिधिले गरेकाे हरेक नमुना कार्य हेर्न वडा नम्बर १० मा आउनुस्, वडाकाे बजेट र मेराे क्षमताले भ्याएसम्मकाे सबै काम पुरा गर्ने काेसिस गरेकाे छु” । महिला, बालबालिकाहरुकाे विकासका लागि विभिन्न सीपमूलक र जनचेतनामूलक कार्यसमेत सञ्चालन गरेकाे अध्यक्ष मिश्रले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























