चेलीकाे जन्माेत्सवमा दाजुभाईहरूद्वारा क्यान्सर पिडित लाई अति आवश्यक खाधान्न सामाग्री वितरण तथा वृक्षराेपण
पशुपति गिरी। चैत्र ०५ गते जन्म दिन बर्ष मा एक पटक आउने हो रमाइलो गर्नु पर्छ भन्दै हजारौ खर्च गर्न भन्दा कुनै फरक किसिमको सामाजिक काम गरौ भन्ने सोच भएका कपिलवस्तुका युवा दाजुभाईहरूद्वारा चेलीकाे जन्माेत्सवमा क्यान्सर पिडित लाई अति आवश्यक खाधान्न सामाग्री वितरण गरेका छन्। एउटा छोरी वा चेली माईती बाट विवाहा पाशचात चैत बार्ने परम्परालाई सबैले मान्नै पर्ने भएकोले उहाँको समझनामा आफ्नो दिदी पवित्रा खरेलकाे २४अाै जन्मोत्सवको अवसर पारेर आफ्ना युवा साथीहरू मिलेर रैना ढकालकाे क्यान्सर पिडित विपन्न परिवारलाई १ महिनालाई पुग्ने अति आवश्यक खाधान्न चामल,तेल,नुन,झुल,बेसार आलु लगायतको सामाग्री वितरण गरि बृक्षरोपण पनि गरेकाे युवा सामाजिक अभियान्ता मधुसूदन भुसालले जानकारी दिएका छन ।
हरियो बन नेपाल को धन रुख बिरुवा काट्ने मात्र होइन लगाउन पनि जान्न पर्छ बनजङ्ल छ त जीवन छ भन्ने कुरा मा बिस्वास गर्दै कपिलवस्तुकाे बाणगंगा नगरपालिका वडा नं ८ बालापुरमा रहेकाे अाेसाे मा गएर स्वामीकाे बिरुवा वृक्षरोपण गरिएको कपिलवस्तुका समाजसेवी , सन्चारक्रर्मी युवा अभियान्ता पशुपति गिरीले बताए ।
सामाजसेवी युवा नेता सागर बन्जाडेले एउटा छोरी वा चेली माईती बाट विवाहा पाशचात चैत बार्ने परम्परागत परम्परालाई हामी सबैले मान्नै पर्ने भएकोले एउटा चेलीलाई जन्मोत्सवमा भेटन नपाएता पनी जन्मोत्सवको बेला उहाँको समझनामा एक विपन्न वर्गलाई खाद्धन्न सामग्री वितरण गरेर हामीले उहाँको समझना स्वरूप सहयोग गरेकाे बताउदै। एउटा वहीनीले आफ्नो दाजुलाई रक्षा स्वरूप लगाईदीने सप्तरंगी भाईटिका र दाजुले आफ्नो वहीनीलाई सुरक्षा दिने बाचा गर्ने भएकाले त्यों चेलीलाई भेटन नपाए पनी जन्मोत्सव मनाउने फरक तरीकाले नै यसरी हामीले जस्तै अरु युवाले पनी सोचनु पर्ने धारणा राखे !!
उक्त कार्यक्रममा समाजसेवी साैरभ भण्डारी, युवा समाजसेवी नारायण पाैडेल, साकार भण्डारी लगायतको उपस्थिति थियोे ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























