पशुपालन तथा व्यवस्थापन सम्वन्धी दुई दिने तालिम सुरु
चन्द्राैटा । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा दुई दिने पशुपालन तथा व्यवस्थापन सम्वन्धि तालिम सुरु भएको छ । हिमपात साना किसान कृषि शहकारीको आयोजनामा कृषक सदस्यहरुलाई उक्त तालिम आयोजना गरिएको अध्यक्ष शिवराज सुवेदीले बताउनुभयो ।
तालिमको उदघाटन गर्दै सहकारीका सल्लाहाकार समिति संयोजक विष्णु प्रसाद खतिवडाले सहकारीले आयोजना गरेको तालिम उपलब्धीमुलक हुने बताउँदै सिप र ज्ञान आर्जन गर्न आग्रह गर्नुभयो । किसानहरुलाई विभिन्न समस्याहरु रहेकोले ती समस्याहरुको विषयमा खुलेरै छलफल गर्ने माध्यमको रुपमा तालिमलाई लिनुपर्ने बताउँनुभयो । पछिल्लो समय स्थानीय तहहरुले किसानहरुलाई औजार उपकरणहरु मात्र दिने गरेको बताउँदै ज्ञान सिप र उत्पादनमा वृद्धि गर्ने कुनै काम गर्न नसकेको बताउनुभयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका पशु शाखा प्रमुख धनेश्वर खनालले तालिम अवधिमा पशुपालनको गर्दाका समस्या,रोग,उपचारको विधि,उत्पादन वृद्धि गर्ने तरिका,समयको व्यावस्थापन लगाएत धेरै विषयमा जानकारी गराउने बताउनुभयो । हरेक क्षेत्रको ज्ञान आर्जन गर्नुपर्ने भन्दै किसानलाई व्यवस्थीत बनाउन नगरले विभिन्न कार्यक्रमहरु अघि सारेको बताउनुभयो ।
कार्यक्रममा सल्लाहाकार सदस्य मधुसुदन पोख्रेलले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागिहरुलाई आग्रह गर्नुभयो । सहकारीले किसानहरु सँग विभिन्न कामहरु गरिरहेको बताउँनुभयो । तालिममा सहकारीका सदस्य पशुपालक किसानहरुको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























