कपिलवस्तु विजयनगर 

को विजयनगर गाउँपालिका वडा न. ४ डगडौवामा आगलागी भएको छ । सनिबार दिउसो भएको आगलागीबाट करिब ५ लाख बढिको क्षति भएको छ । आगलागीबाट स्थानिय गौरि कोहारको घर र गोठमा जलेर नस्ट भएको विजय गुप्ताले जानकारी दिनु भयो । आगलागीमा १ वटा भैंसी जलेर मृत्यु भएको छ भने एउटा पाडा घाइते भएको छ । आगलागीबाट कुनै मानविय क्षति नभएको जगदिपुर प्रहरी चौकीले जनाएको छ । प्रहरी र स्थानियले आगो निभाएका छन । विद्युत सर्ट बाट आगलागी भएको हुन सक्ने स्थानियले जनाएको छ ।