ओदारीमा भारतीय ट्रकले ठक्कर दिदाँ गम्भिर घाईते विधार्थीको उपचारको क्रममा मृत्यु

कपिलवस्तु: बाणगंगा नगरपालिका वडा नं.११ ओदारीमा भारतीय नम्बरको ट्रकले ठक्कर दिदाँ गम्भिर घाईते विधार्थीको मृत्यु भएको छ । उनको उपचारको क्रममा सोमबार विहान बुटवलमा मृत्यु भएको हो । यही फागुन २७ गते दिउँसो करिब २ बजे भारतीय नम्बरको ट्रकले ठक्कर दिदाँ कक्षा ११ मा अध्ययनरत १८ बर्षीया सम्झना यादव गम्भिर घाईते भएकी थिईन् ।
ट्रकको ठक्करबाट घाइते यादवलाई टाउकोमा चोट लागेपछि उपचारको लागि बुटवल पठाइएको थियो ।
सो घटनापछि स्थानिय तथा विद्यार्थीले सडक गरेर ज्यानको सुरक्षा प्रत्याभूमि दिलाउन माग गर्दै नाराबाजी गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























