विशाल के सि
बिजयनगर , फागुन २८

कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा न. ७ मा राष्ट्रिय युवा संघ नेपालको वडा कमिटी भेला सम्मपन्न भएको छ  ।भेलाले  शुवास गुप्ताको अध्यक्षतामा १६ सदस्य रास्ट्रीय युबा सघ वडा कमिटी गठन गरिएको छ ।

वडा कमिटिमा  उपाध्यक्ष शम्भुनाथ चौधरी, सचीव नुरदिन शाह, सहसचीव विनोद यादव,कोषाध्यक्ष गंगाजली मुराउ लगायत रहेको वडा कमिटी गठन गरिएको राष्ट्रिय युवा संघ नेपालको बिजयनगर गाउँ कमिटी अध्यक्ष दिपेन्द्र महराले बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका गाउँ कमिटी अध्यक्ष थर्क बहादुर खन्गाहले युवाहरु नै देशका भविष्य रहेको बताउदै भातृ संगठले नेकपा एमाले पार्टीको सिद्धान्त प्रति समर्पित भइ देशको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाले नवनिर्वाचित कमिटीका पदाधिकारीलाई बधाइ तथा शुभकामना व्यतm गर्नु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एमाले गाउँ कमिटी सचीव गोकर्ण  सापकोटाले युवा संघले जिवन संर्घष र गौरवपूर्ण हिसाबले भरिपूर्ण भएको हुदा यसलाई हामी सबैले बुझ्नु जरुरी रहेको बताउनु भयो । मुलुकको परिवर्तनमा युवाको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रम मा बोल्दै वडा नं ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरीलेनदिमा बगि रहेको नदि थुनेर देशलाई जसरी उज्यालो बनाउनु सकिन्छ । हो त्यसरी नै हामि युवा हरु एक भयौ भने देशको मुहार फेर्नु सकिन्छ । जब हामि युवा हरु एक हुन्छौ । तब त्यहाँ जति शक्तिशाली व्यति भए पनि कसैको केहि लाग्दैन् अब हामि युवा हरु फुटेर हैन जुटेर अगाडि बढ्नु पर्छ उहाँले बताउनुभयो । कोहि मान्छे अगाडि बढे ।तर हाम्रो समाज जहाँको त्यहीँ छ । राजनिति को आडमा हाम्रो समाज विकास हुनु सकेको छैन । वहाँ ले भन्नुभयो ।
राकेश चौधरी को अध्यक्षता रहेको कार्यक्रममा  नेकपा एमाले वडा न. ७ का वडा अध्यक्ष मुजिबुर रहिमान, सन्तोष तिवारी, कृष्ण पौडेल, राजेश तेली, शिवपुजन पाल, किशोर चौधरी, लगायतको सहभागिता  रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिपेन्द्र महराले राख्नुभएको थियो भने कार्यक्रम संचालन कैलास भारतीले गर्नु भएको थियो ।