कपिलवस्तु कपिलवस्तुको चन्द्रौटा कृष्णनगर सडक निर्माण तिव्र रुपमा भइरहेको भएपनि सडक नाली भने धराप बनेका छन् । सडक निर्माण गर्दा नाली बने पनि ढक्कन नबन्दा निर्माण काम सुरु भएदेखि नै नागकिरहरुलाई समस्या भएको छ । नालिमा ढक्कन नहुदाँ बालवालिकाहरु दैनिक रुपमा नालिमा खस्ने गरेका छन् । नालीमा ढक्कन नहुदा छाडा चौपायामा समेत नालि खस्ने गरेको स्थानीहरुको बताएका छन् ।
मुख्य बजार मानिने चन्द्रौटा,बहादुरगञ्ज,कृष्णनगरमा नालि बनेपछि थप जोखिम बढेको छ । नालि बन्नु राम्रो कुरा भएपनि ढक्कन नहुदाँ वृद्धवृद्धा तथा वालवालिकाहरुलाई समस्या परेको स्थानीय रामपाल कुर्मीको भनाई छ ।
सुरुमा नाली बनाउने योजना नभएपनि पछि १ किलोमिटर नाली बनाउन थप गरिएको योजना परामर्श सेवाका ईन्जिनियर रमेशलाल श्रेष्ठले बताउनुभयो । सबै ठाउँमा ढक्कन नभएपनि घर तथा सडक पास हुने ठाउँमा ढक्कन राखिने उहाँले बताउनुभयो । ढक्कन राख्न केहि ढिलाई भएको स्विकार गर्दै ठेगदार कम्पनीलाई पटक पटक भनेको उहाँले बताउनुभयो ।
यता निर्माणका जिम्मा पाएको दिनेशचन्द्र कालिका जेभिले नालीको ढक्कन बनाउने योजना नरहेको बताएको छ । केही प्राविधिक त्रुटीले अहिले ढक्कनको काम रोकिएकोले आयोजनाले उक्त त्रुटि सच्याएमा ढक्कन बनाउन सकिने प्रविधिकले बताउनु भयो ।