ताप्लेजुङको कोप्चे बजारमा आगलागी हुँदा एक वृद्धाको मृत्यु
काठमाडौं : ताप्लेजुङको सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागी हुँदा एकजना वृद्धाको मृत्यु भएको छ।
कोप्चे बजारमा रहेको शिव मादेनको घरमा आगलागी हुँदा उक्त घर पूर्ण रुपमा क्षति भएको र रवीन्द्र आङ्वोहाङको घरमा डेरा गरी बस्ने ६७ वर्षीया चुलीमाया लिम्बुको ग्यास पड्किएर मृत्यु भएको ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार आगो नियन्त्रणमा आइसकेको छ।
बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो। वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा पहिलोपटक आगलागीको घटना भएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























