देशभर ५३ सय ४० सक्रिय संक्रमित
काठमाडौं : देशभर ५ हजार ३४० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार ३४० सक्रिय संक्रमित रहेका हुन्।
मन्त्रालयको विवरणअनुसार गत २४ घन्टामा १ सय १२ जना संक्रमित भेटिएका छन्। ९ हजार ३२८ जनामा गरिएको परीक्षणमा ११२ जना संक्रमित भेटिँदा मृत्यु भने शून्य रहेको छ भने ४ सय २९ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
हाल नेपालमा कोरोना संक्रमण हुने दर ९८ प्रतिशत रहेको छ। यस्तै हाल देशभर ३४ जना आइसियु र ५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















